Date Thursday, 2018 Jun 21
Studio Time 04:20:00 NST
News »
देश
हिलिहाङ वडा नं. ४ मा जेष्ठ नागरिक सम्मान

तारा ढुंगाना
सिंहलिला समाचार पाँचथर २७ जेष्ठ
हिलिहाङ गाउपालिका वडा नं. ४ मा आइतबार ३८ जना ८० बर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ ।
कार्यक्रममा हिलिहाङ गाउपालिका वडा नं. ४ का ८० बर्ष भन्दा माथिका ३८ जना जेष्ठ नागरिकहरुलाई दोसल्ला र सम्मान पत्रका साथ सम्मान गरिएको छ । सम्मानित जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण समेत गरिएको लेखा प्रमुख सुबास भट्राईले बताउनु भएको छ । वडा नं. ४ का ६० बर्ष भन्दा माथिका २१० जनालाई जेष्ठ नागरिक परिेचय पत्र समेत वितरण गरिएको थियो । कार्यक्रममा गोपेटार स्वावाथ्य चौकीका डाक्टर सरोज लावती सहितको टिमले स्वास्थ्य परिक्षण गरेको थियो । कार्यक्रम शारिरिक असक्क्त भएका ७ जनालाई अपाङगता परिचय पत्र समेत वितरण गरिएको छ । जस मध्ये १ जनालाई सेतो ३ जनालाई हरियो र ३ जनालाई रातो रङको परिचय पत्र बितरण गरिएको थियो । रातो रंगको परिचय पत्र भने घरघरमा गएर बितरण गरिएको थियो । कार्यक्रममा हिलिहाङ गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत टार्जन लिम्बु, महिला विकास अधिकृत निर्मला दहाल, गोपेटार स्वास्थ्य चौकीका डाक्टर सरोज लावती, हिलिहाङ गाउपालिकाका लेखा प्रमुख सुवास भटराई, अपाङग सेवा संघका जिल्ला अध्यक्ष नविन ढुंगेल, अपाङ सेवा संघका समिक्षा सुनुवार, कल्पना खबास  लगायतको उपस्थिति रहेको थियो ।  कार्यक्रम हिलिहाङ वडा नं. ४ का वडा अध्यक्ष श्री प्रसाद सिगुको अध्यक्षतामा मझैटार र पञ्चमीमा सम्पन्न भएको थियो । जेष्ठ नागरिक सम्मान तथा परिचय पत्र वितरण कार्यक्रम सबै वडामा गरिने निर्धारित कार्यक्रम रह्ेको पालिकाका प्रमुख प्रशासकिय अधिकृत लिम्बुले जानकारी दिनु भयो । सोमबार हिलिहाङ वडा नं. ३ को गोगेटारमा हुने कार्यक्रम तय भएको छ ।
 

Featured Programs
Photo Gallery
RJ Profile

तुलसी क्षितिज

दिलकुमारी तामाङ

समाचार प्रस्तोता

Message Board
Public Poll

Loading...

Program Archives