Date Sunday, 2018 Aug 19
Studio Time 04:20:00 NST
News »
देश
राष्ट्रिय कृषक महासंघको अध्यक्षमा पोख्रेल निर्वाचित

सिंहलिला समाचार पाँचथर २५ जेष्ठ
राष्ट्रिय कृषक समुहको दोस्रो जिल्ला अधिबेशनले गणेश पोख्रेलको अध्यक्षतामा ११ सदस्य समिति सर्वसहमतिले निर्वाचित हुनु भएको छ ।
शुक्रबार फिदिमको बाणिज्य संघको सभाकक्षमा भएको अधिवेशनले आगामी ३ बर्षका लागि पोख्रेलको अध्यक्षतामा  उपाध्यक्ष कमला केरुङ, सचिव सुरेन्द्र काफ्ले, सह सचिव महेन्द्र खडका र कोषाध्यक्ष प्रमिला रिजाल सर्व सहमतिले निर्वाचित हुनु भएको छ । सदस्यहरुमा हिमा सुन्दास, अम्बीका नेम्बाङ, रामबहादुर कार्की, धनकुमारी लावती, गायत्रीप्रसाद दंगाल र सन्दिप थाम्सुहाङ लाई सर्ब सहमतिले निर्वाचित गरेको छ । प्रदेश प्रतिनिधिमा गोपीचन्द्र अधिकारी, महेन्द्र कुमार सेलिङ, क्षोमाया तामाङलाई छानेको छ । अधिबेशनमा जिल्ला भरीका ७७ जना प्रतिनिधिहरुको उपस्थिति रहेको कृषक महासंले जनाएको छ ।
राष्ट्रिय कृषक समुह महासंघका केन्द्रीय अध्यक्ष उद्धव अधिकारीको प्रमुख आतिथ्तामा सम्पन्न  उक्त अधिबेसनको उदघाटन सत्रमा  कृषक महासंघका सल्लाहकार लक्ष्मी रिजाल, महिला जागरण मिना रिजाल केरुङ, पत्रकार महासंघका अध्यक्ष लवदेव ढुंगाना, उन्नती समावेसी कार्यक्रमका कार्यक्रम संयोजक बिसन प्रधान, जिल्ला कृषि बिकास कार्यालयका बरिष्ठ कृषिबिकास अधिकृत कमलेस तिवारीले आआफ्नो शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो । उद्धाटन सत्र समितिका अध्यक्ष गणेश पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

-
Coming Up Next
-
Find Us on Facebook
Featured Programs
Photo Gallery
RJ Profile

तुलसी क्षितिज

विपुल अधिकारी, समाचार सम्पादक

Message Board
Public Poll

Loading...

Program Archives