Date Thursday, 2018 Jun 21
Studio Time 04:20:00 NST
News »
अर्थ/वाणिज्य
हिलिहाङ वडा नं. १ मा जेष्ठ नागरिक सम्मान


सिंहलिला समाचार पाँचथर २५ जेठ
हिलिहाङ गाउपालिका वडा नं. १ मा शुक्रबार जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

 कार्यक्रममा हिलिहाङ गाउपालिका वडा नं. १ का ८० बर्ष भन्दा माथिका ३८ जना जेष्ठ नागरिकहरुलाई दोसल्ला र सम्मान पत्रका साथ सम्मान गरिएको थियो । सम्मानित जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण समेत गरिएको प्रमुख प्रशासकिय अधिकृत टार्जन लिम्बुले बताउनु भएको छ । गोपेटार स्वावाथ्य चौकीका डाक्टर सरोज लावती सहितको टिमले स्वास्थ्य परिक्षण गरेको थियो । कार्यक्रम शारिरिक असक्क्त भएका २ जनालाई अपाङगता परिचय पत्र समेत वितरण गरिएको थियो । कार्यक्रममा हिलिहाङ गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत टार्जन लिम्बु, महिला विकास अधिकृत निर्मला दहाल, गोपेटार स्वास्थ्य चौकीका डाक्टर सरोज लावती लगायतको उपस्थितिमा सम्पन्न कार्यक्रम हिलिहाङ वडा नं. १ का वडा अध्यक्ष गोपीकृष्ण भण्डारीको अध्यक्षतामा वडा सचिव सुरेन्द्र भण्डारीले संचालन गर्नु भएको थियो ।

Featured Programs
Photo Gallery
RJ Profile

तारा ढुँगाना

प्राविधिक

तुलसी क्षितिज

Message Board
Public Poll

Loading...

Program Archives