Date Sunday, 2018 Aug 19
Studio Time 04:20:00 NST
News »
राजनीति
पाँचथरको बिकास निर्माणको बारे मन्त्री आङ्बो संग छलफल


सिंहलिला समाचार पाँचथर २२ जेष्ठ
१ नं. प्रदेशको असार १ गते बजेट सार्वजनिक गर्ने तयारी भई रहेको बेला पाँचथरका सरोकारवालाहरुलाई विकास निर्माणका बिषयमा छलफल गर्न आर्थिक मामिला तथा योजना मन्त्रीले मंगलबार छलफल गर्नु भएको छ ।
पाँचथरको बिकासका लागि यो आर्थिक बर्षमा कस्तो बजेट बनाउदा सबै नागरिकहरुले राहत महसुस गर्छन र कस्तो बजेट पाँचथरको आवश्यकता हो भनेर प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आँङबोले मंगलबार पाँचथरका सांसद राजनीतिक पाटीका नेताहरु संग छलफल गर्नु भएको थियो । छलफलमा प्रतिनिधि सभा सदस्य बसन्तकुमार नेम्बाङ, १ नं. प्रदेशका सांसदहरु गणेशकुमार काम्बाङ, आशारत्न जबेगु, सिता थेबे, नेपाल कम्युनिष्ट पनर्टीका नेता राजकुमार भण्डारी, हर्क नेम्बाङ, नेपाली काङ्ग्रेसका सभापति नरेन्द्रकुमार केरुङ, जिल्ला समन्वय समितिका प्रमुख बिष्णुप्रसाद सापकोटा, हिलिहाङ गाउपालिकाका अध्यक्ष भुवानी प्रसाद लिङदेन , याङवरकका अध्यक्ष  लेखनाथ घिमिरे, मिक्लाजुङका अध्यक्ष अमर माखिम , तुम्बेवाका उपाध्यक्ष धनकुमार सावा, नेपाल पत्रकार महासंघका अध्यक्ष लवदेब ढुंगाना र सचिव तुलसी क्षितिजको समेत छलफलमा सहभागी हुनु भएको थियो ।
पाँचथरको पर्यटन बिकास गरि लाखौं रुपैया आम्दानी गर्न सकिने भएकाले लगानी बढाउन सुझाब दिएका थिए भने र गाउपाकिामा जाने मोटरबाटोहरुलाई कालोपत्रे गर्नु पर्ने र खाने पानीलाई प्राथमिकताका साथ लगानी गर्नका लागि मन्त्री आङ्बोलाई सुझाव दिइएको थियो । आर्थिक रुपमा विपन्न परिवारहरुलाई ध्यानमा राखेर बिशेष लगानी बढाउन समेत सुझाव दिएको बताईएको छ ।
 

-
Coming Up Next
-
Find Us on Facebook
Featured Programs
Photo Gallery
RJ Profile

कृष्ण भटराई

मार्केटिङ प्रमुख

तारा ढुँगाना

प्राविधिक

Message Board
Public Poll

Loading...

Program Archives