Date Sunday, 2018 Aug 19
Studio Time 04:20:00 NST
News »
साहित्य
बहुभाषिक साहित्यिक संगोष्ठी पाँचथरमा

सिंहलिला समाचार २४ जेष्ठ पाँचथर
पाँचथरको सदरमुकाम फिदिममा प्रदेश स्तरिय बहुभाषिक साहित्यिक संगोष्ठी २०७५ सञ्चालन गरीने भएको छ । पाँचथरे साहित्यकारहरुको तर्फबाट याक्थुम प्रज्ञा प्रतिष्ठा नेपाल र नौलो साहित्यक विहानी प्रतिष्ठानको आयोजनामा जेठ २५ र २६ गते उक्त संगोष्ठी गरिने भएको हो ।
भाषा र साहित्यको अवस्था लेखाजनेखा गर्ने, सांस्कृतिक सु सम्बन्धको विकास गर्ने र नेपाली भाषा तथा साहित्यको प्रवर्दन गर्ने उदेश्यका साथ  हुन लागेको उक्त संगोष्ठीमा नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौका कुलपति गंगाप्रसाद उप्रेती र प्रज्ञा सदस्य श्रवण मुकारुङको समु उपस्थितिमा संगोष्ठी हुँने भएको हो ।
१ प्रदेशमा पनि भौगोलिक विविधताका साथै बहुभाषिक, बहुसास्कृतिक सुसम्बन्ध विकास गर्ने र भाषा, कला, संस्कृति एवं साहित्यिको प्रवर्दनका लागि उक्त कार्यक्रम गर्न लागिएको बुधबार जारी गरिएको  विज्ञप्तिमा छ ।
कार्यक्रमको उद्घाटन सत्रमा नेपाली वाङमयकाका क्षेत्रमा महत्वपूर्ण योगदान दिने अमरकुमार नेम्बाङ लिम्बुको अभिन्दन, धनकुटाका धनहाङ सूब्बा९नेपाली०, मोरङका डिल्ली लिङ्देम९लिम्बू०, इलामका स्व। सानङमा एवाइ९राइ वान्तवा०, मरणोपरान्तलाई सम्मान गर्ने कार्यक्रम रहेको हो । दोश्रो दिन विभन्न भाषाका कविता वाचन गरिने विज्ञप्तिमा उल्लेख छ । सो संगोष्ठीमा भोजपुर, खोटाङ, उदयपुरलगायत पाँचथरका १ सय ५० भन्दा बढी साहित्यिकारहरुको जमघट हुँने बताइएको छ ।

-
Coming Up Next
-
Find Us on Facebook
Featured Programs
Photo Gallery
RJ Profile

कृष्ण भटराई

मार्केटिङ प्रमुख

दिलकुमारी तामाङ

समाचार प्रस्तोता

Message Board
Public Poll

Loading...

Program Archives