Date Sunday, 2018 Aug 19
Studio Time 04:20:00 NST
News »
अर्थ/वाणिज्य
अबैध सखुवाको काठ बरामद

सिंहलिला समाचार, २३ जेष्ठ
पाँचथर । पाँचथरको फिदिम स्थित एक फर्निचर उद्योगमा लुकाइ राखिएको अवस्थामा लाखौं मुल्य बराबरको सखुवाको काठ बरामत गरिएको छ । जिल्ला प्रहरी कार्यालयपाँचथर र जिल्ला वन कार्यालयले फिदिम स्थित पाथिभरा फर्निचर उद्योगबाट ठुलो परिणामका सखुवाको काठ बरामत गरेको हो । वरामद गरिएको सखुवाको मुल्य लाखौं हुने अनुमान गरीएको छ ।
जिल्ला वन कार्यालय पाँचथर र जिल्ला प्रहरी कार्यालय पाँचथरले सदरमुकाम स्थित पाथिभरा फर्निचर उद्योगमा सोमवार साँझ छापा मारेको थियो ।  कटान र विक्रीमा प्रतिवन्धत साल९सखुवा०को काठ सहित अन्य प्रतिवन्धित काठहरु फेला पारेको  । उद्योगको परिसरमा ३ सय ११ थान काठ फेला पारेको जनाइएको छ ।
उक्त काठ १ सय ६४ क्युफिट हुने पाँचथरका सहायक वन अधिकृत उपेन्द्र यादवले वताए । उक्त काठ सरकारी मुल्याङकनका अनुसार ३ लाख ५० हजार र चलनचल्तिको मुल्याङकन अनुसार करीव ६ लाख हुँन आउने यादवले बताए । फिदिमका विक्रम लिम्बूले सञ्चालन गर्दै आएको उक्त फर्निचरमा प्रहरीले छापा मारिरहँदा स्थानीयले भने व्यवसायीक फर्ममाथि अन्याय गरेको भन्दै विरोध जनाएका थिए ।
काठ बरामदमा अवरोध गर्न खोजेपछि प्रहरीले शसस्त्र प्रहरीको सहयोग लिएर ट्याक्टर मार्फत काठ बरामद गरेको थियो । वरामद गरिएको काठ वन कार्यालयको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख बामदेव गौतमले सिंहलिला  समाचारलाई वताउनु भएको छ ।

-
Coming Up Next
-
Find Us on Facebook
Featured Programs
Photo Gallery
RJ Profile

विपुल अधिकारी, समाचार सम्पादक

तुलसी क्षितिज

Message Board
Public Poll

Loading...

Program Archives