Date Tuesday, 2018 May 22
Studio Time 04:20:00 NST
News »
घटना - दुर्घटना
मोटर साइकल कुदाइरहेका लावतीको मृत्यू


सिंहलिला समाचार ३१ बैसाख  पाँचथर
फिदिम बजारमा मोटर साइकल कुदाइरहेका एक व्यक्तिको आज विहान १० तिर अचानक मृत्यू भएको छ । फिदिम १ गणतन्त्र चौक नजिकै युमा आर्ट सेन्टर सञ्चालन गर्दै आएका फिदिम २ निवासी ४० वर्षीय मिलन लावतीको मोटर साइकल कुदाँउदा कुदाँउदै मृत्यु भइको हो ।

सोमबार विहान १० वजे घरवाट मे ६ प ६९२५ नम्वरको मोटरसाइकल चढेर पसल (आट सेन्टर) आँउदै गरेका लावतीले चलाइरहेको गाडी अचानक अनियन्त्रित भएपछि उनी नजिकै रहेको सामना सुज सेन्टर अगाडी हुत्तिन पुगेका थिए ।  सामान्य अवस्थामा रहेका लावतीलाई तत्काल उठाएर अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रत्यक्षदर्सीले बताएका छन ।

लावतीले मोटरसाइकल कुदाइरहेकै वेला मुटुमा समस्या आएर लडेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । उनी लामो समय देखि मुटुरोगको उपचारमा रहेका थिए । उनलाई अहिले पोष्टमार्टमका लागि पाँचथर अस्पतालको सव गृहमा राखिएको छ ।
 

Featured Programs
Photo Gallery
RJ Profile

युबेन जबेगु

कार्यक्रम संयोजक

तारा ढुँगाना

प्राविधिक

Message Board
Public Poll

Loading...

Program Archives