Date Tuesday, 2018 May 22
Studio Time 04:20:00 NST
News »
राजनीति
भैंसी सुन्दरी प्रतियोगिता इटहरीमा

सिंहलिला समाचार ३० बैशाख,
नेपालमै पहिलो पटक भैंसी सुन्दरी प्रतियोगिता इटहरीमा भएको छ । प्रतियोगितामा इटहरी–२ की मिठुमायाँ कार्कीले पालेको ‘हिरा’ नामको भैंसीलाई विजेता घोषित गरिएको छ । करिव ३ दर्जन बढि भैंसीलाई उछिन्दै मिठुमायाँले पालेको ‘हिरा’ भैसी प्रतियोगितामा प्रथम भएको हो । हिराले ११ हजार नगदसहित ८० हजारको विमा सुरक्षित गरेको छ ।
वातावरण तथा पर्यावरण संरक्षण केन्द्र नेपालको आयोजनामा इटहरी २ स्थित हवाई चौकमा शनिबार सम्पन भैंसी सुन्दरी प्रतियोगितामा मिठुमायाको भैंसी सबैभन्दा स्वस्थ्य र सफा पाईएको थियो । प्रतियोगितामा इटहरी नरबहादुर कार्कीले पालेको ‘चम्पा’ नामक भैंसी दोस्रो भएको छ । ‘चम्पा’ ले ९ हजार नगद हात पारेको छ । यस्तै, इटहरीकै बेधनिधि दाहालले पालेको ‘काली’भैंसी तेस्रो भएर नगद ३ हजार ५ सय रुपैया हात पारेको छ ।

आयोजक संस्थाले प्रतियोगितामा सहभागिता जनाउने ३८ भैसीको ८० हजार बराबरको जीवन बिमा समत गरेको छ । प्रतियोगितामा इटहरी १,२,३,४ र २० नम्बर वडाका ३८ भैंसीलाई सहभागी गराइएको थियो । भैंसीको रेखदेख, सरसफाई र स्वास्थ्यलाई छनोटको आधार बनाइएको आयोजक संस्थाका अध्यक्ष टंक दाहालले जानकारी दिए ।
 

Featured Programs
Photo Gallery
RJ Profile

तुलसी क्षितिज

दिलकुमारी तामाङ

समाचार प्रस्तोता

Message Board
Public Poll

Loading...

Program Archives