Date Tuesday, 2018 May 22
Studio Time 04:20:00 NST
News »
देश
नेम्बाङ बने ६ जना बिद्यार्थीका अभिभावक

 
पाँचथर सिंहलिला समाचार १६ चैत्र
जनप्रतिनिधिहरुलाई एक एक जान विद्यार्थीको अभिभावकत्व ग्रहण गर्न प्रधान मन्त्री केपी ओलीको निर्देशन पछि पाँचथरका प्रतिनिधि सभा सदस्य बसन्त कुमार नेम्बाङले जिल्लाका ६ जना बालबालिकाको अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गराउनु भएको छ ।
सबै नागरिकहरुलाई सर्व सुलभ शिक्षा उपलब्ध गराउनु राज्यको दायित्व भएको धारणा प्रमुख अतिथिको आसनबाट प्रतिनिधि सभा सदस्य बसन्त कुमार नेम्बाङले बताउनु भयो । नेम्बाङले शिक्षा क्षेत्रमा लापर्वाहि भएमा देशको अवस्था दयनिय हुने र हाम्रो समृद्धि होइन परर्निभरता बढ्ने बताउनु भयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रकास चन्द्र अधिकारीले पाँचथरमा महिलाहरु भन्दा पुरुषको शैक्षिक अवस्था कम्जोर रहेको चिन्ता ब्यक्त गर्नु भएको छ ।
आइतबार सुखबोध मावि जोरसालका अभिभावक नभएका कक्षा ७ का रुपा विक, कक्षा २ का सुसान्त थाम्सुहाङ, कक्षा २ बिनोद शंकर र सीता शंकर को अभिभावक बनि बिद्यालयका सम्मर्पुण खर्चहरुको व्यवस्थापन गरिदिने ेम्बाकार्यक्रममा जानकारी दिनु भएको छ । साँसद नेम्बाङले शनिवार पनि फालेलुङ वडा नं. ८ ज्ञान ज्याति आधारभुत विद्यालयका अतिविपन्न परिवारका कक्षा ८ कि ज्योति राई र कक्षा ५ कि छात्र सीता आङबोको पनि अभिभावक बन्नु भएको छ । कक्षा ७ कि सुप्रिया काम्बाङ, ६ कक्षाका छात्र दावा तामाङलाई शैक्षिक सामग्रीहरु वितरण गर्नु भएको थियो ।
सुखबोध मावि जोरसालको कार्यक्रममा माविका प्रधानाध्यापक पुष्पप्रसाद भण्डारीले विद्यालयको शैक्षिक अवस्था, विद्यर्थीहरुको अवस्था शैक्षिक क्यालेण्डर र भौतिक संरचनाहरुका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारी , समृद्ध पाचथरका अध्यक्ष भुमिका नेम्बाङ, मानव अधिकार संगठनका केन्द्रीय सदस्य सुर्य निरौला, फिदिम नगरपालिकाका उपमेयर उर्मिला श्रेष्ठ लगायत जिल्ला ससस्त्र प्रहरी बल हिमशिखर गुल्मका प्रहरी नायव उपरिक्षक लोकेन्द्र भट् सहितको उपस्थिति रहेको थियो । कार्याक्रम सुखबोध माविका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष टंक श्रेष्ठको अध्यक्षता सम्पन्न भएको थियो ।
 

Featured Programs
Photo Gallery
RJ Profile

तुलसी क्षितिज

दिलकुमारी तामाङ

समाचार प्रस्तोता

Message Board
Public Poll

Loading...

Program Archives