Date Tuesday, 2018 May 22
Studio Time 04:20:00 NST
News »
अर्थ/वाणिज्य
हिलिहाङ महोत्सव सफल पार्न ब्यवसायि संग छलफल

सिंहलिला समाचार १४ चैत्र,
हिलिहाङ महोत्सव २०७५ सफल पार्नका लागि  हिलिहाङ महोत्सव आयोजक मुल समारोह समिति र पाँचथर उद्योग बाणिज्य संघ विच छलफल भएको छ ।
बैसाख २४ देखि २८ गते सम्म संचालन हुने महोत्सवको तयारीका लागि आवश्यक छलफल गर्न हिलिहाङका अध्यक्ष एवं महोत्सव मुल आयोजक समितिका संयोजक भुवानी प्रसाद लिङ्देन, हिलिहाङ गाउपालिका वडा नं. ३ का वडा अध्यक्ष एवं हिलिहाङ गाउँपालिकाका प्रवक्ता मदन गौतम, हिलिहाङ गाउपालिका वडा नं. १ का वडा अध्यक्ष गापीकृष्ण भण्डारी, प्रमुख प्रशासकिय अधिकृत टार्जन लिम्बु लेखापाल सुवास भट्राई लगायतको टिम र पाँचथर उद्योग बाणिज्य संघ अध्यक्ष मित्रप्रसाद काफ्ले, बरिष्ठ उपाध्यक्ष गोविन्द ढकाल, उपाध्यक्ष यामनाथ काफ्ले, महासचिव तुलसी दास श्रेष्ठ सहितको बाणिज्य संघको पदाधिकारीहरुको उपस्थितिमा भेटघाट सम्पन्न भएको छ । भेटघाटमा महोत्सब सफल गर्न पाँचथर उद्योग बाणिज्य संघले सक्दो सहयोग गर्ने वाणिज्य संघ अध्यक्ष काफ्लेले प्रतिबध्दता जनाउनु भएको हिलिहाङ गाउपालिकाका प्रवक्ता मदन गौतमले बताउनु भयो ।

Featured Programs
Photo Gallery
RJ Profile

युबेन जबेगु

कार्यक्रम संयोजक

तारा ढुँगाना

प्राविधिक

Message Board
Public Poll

Loading...

Program Archives