Date Tuesday, 2018 May 22
Studio Time 04:20:00 NST
News »
राजनीति
पर्यटन र विद्युतिकरण मेरो प्राथमिकताः सांसद नेम्बाङ

सिंहलिला समाचार, १३ चैत्र
प्रतिनिधि सभामा पाँचथरबाट निर्वाचित बसन्तकुमार नेम्बाङ पाँचथरको विकास निर्माण र समृद्धिका आधारहरु के के हुन सक्छन अन्तरक्रियामा जुट्नुभएको छ ।
पाँचथरको पर्यटन क्षेत्रको विकास कसरी तिब्ररुपमा गर्न सकिन्छ भनेर केही स्थलगत भ्रमण र सरोकारवालाहरु संग छलफलमा जुट्नु भएको छ । पाँचथरको फालेलुङ क्षेत्रका चार राते, शिखर गुम, फालोट, जोरपोखरी आगेजुङ भोटे गढी हिलिहाङ, पौवा भञ्जाङ, सिलौटी लब्रेकुटी, साधुटार, सुके पोखरीमाको स्थल गत भ्रमण गरी यस क्षेत्रको विकास गर्न सके करोडौं आम्दानी पाँचथरमा भित्याउन सकिने सम्भावना रहेको निश्र्कसमा पुग्नु भएको छ । साँसद नेम्बाङले आफ्नो कार्यकालको प्राथमिकतामा पर्यटन र विद्युतिकरण रहेका बताउनु भएको छ । पर्यटनका क्षेत्रमा पूर्वाधारहरु विकास गर्नु पर्ने र भएको ठाउहरुको प्रचार प्रसार गर्नु पर्ने बताउनु भएको छ ।
चैत्रको दोस्रो सातादेखि पाँचथरमा रहनु भएका साँसंद नेम्बाङले औपचारीक कार्यक्रम बाहेक जिल्लाको विकास निर्माणका बारेमा स्थानिय सरोकारवालाहरु संग छलफल गर्दै आउनु भएको छ । साँसद नेम्वाङले पाँचथरलाई तिन बर्ष भित्रमा अध्यारो मुक्त जिल्ला घोषणा गर्ने अभियानलाई तिब्र रुपमा अगाडी बढाउन आफु लागि परेको बताउनु भएको छ । जिल्लाका अधिकांस गाउपालिकाका वडाहरु नेम्बाङकै पहलमा विद्युतिकरण भएका छन् । बाँकी रहेका केही पालिकाका वडाहरुमा विद्युत विस्तारका लागि टेन्डर भई सकेको जानकारी दिनु भयो । सिंहलिला एफ.एम.संग कुरा गर्दै साँसद नेम्बाङले भन्नु भयो नीति निर्माण गर्ने तहको आँखामा पर्यटन क्षेत्र ओझेल परेकाले ठुलो आम्दानीको स्रोत गुमेको बताउनु भएको छ । सरकारले अब समृद्धि र सुखी नेपालीको परिकल्पना गरेको छ त्यस अनुरुप सबै मिलेर गाउँ र जिल्लाको विकासका लागि लाग्नु पर्ने बेला आएको छ ।
साँसद नेम्बाङले मंगलबार साझ जिल्ला अस्पताल पाँचथरका बिरामीहरुको अवस्था र अस्पताल अनुगमन गर्न जानुभएको थियो । पाँचथर अस्पताललाई जिल्लाको सुविधा सम्पन्न अस्पतालका रुपमा विकास गर्न सरकार संग दक्ष जनशक्ति र अत्याधुनीक मेशिनहरुको व्यवस्था गर्न माग गर्ने जानकारी दिनु भएको छ । जिल्लाको विकास निर्माणका लागि जिल्ला समन्बवय समितिले सहजिकरण गर्नु पर्नेमा नेम्बाङको जोड रहेको थियो । उहाँले पाँचथरको समृद्धिका लागि पर्यटन महत्वपुण हिस्सा हुने भएकाले संचार माध्यमहरुले समेत महत्वका साथ प्रचार गर्न आवस्यक रहेको सुझाव दिनु भयो ।
 

Featured Programs
Photo Gallery
RJ Profile

तारा ढुँगाना

प्राविधिक

दिलकुमारी तामाङ

समाचार प्रस्तोता

Message Board
Public Poll

Loading...

Program Archives