Date Tuesday, 2018 May 22
Studio Time 04:20:00 NST
News »
राजनीति
हिलिहाङ महोत्सव मुख्य मन्त्री राईले उद्घाटन गर्ने

सिंहलिला समाचार चैत्र १२

हिलिहाङ गाँउपालिकाको आयोजना गरिएको ‘प्रथम ऐतिहासिक हिलिहाङ महोत्सव २०७५’ प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई प्रमुख अतिथ्तामा सम्पन्न हुने भएको छ ।
हिलिहाङ गाउपालिका अध्यइा भुवानी प्रसाद लिङदेन सहितको टोलीले बुधबार मुख्य मन्त्री शेरधन राईलाई प्रमुख अतिथिको निमन्त्रणा गर्न मुख्य मन्त्रकिो कार्यायालय १ नं। प्रदेश विराटनगर पुग्नु भएको थियो । यस अघि  प्रधानमन्त्री केपी शर्मा ओलीलाई महोत्सवमा प्रमुख अतिथि बनाउने तयारी भएको थियो । भारतका प्रधान मन्त्री मोदीको नेपाल भ्रमणका कारण प्रधानमन्त्रीको समय अभावले गर्दा उपस्थित हुन नसक्ने जानकारी प्रधान मन्त्रीको सचिवालयले दिए पछि मुख्यमन्त्री राईलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरिएको हो ।
प्रदेश सभाका सांसद आशारत्न जबेगु र सिता थेवे सहित गाँउपालिका प्रमुखको टोलीले प्रमुख अतिथिका रुपमा गरेको निमन्त्रणालाई मुख्यममन्त्री राईले स्विकार गरेको हिलिहाङ गाँउपालिकाका प्रवक्ता मदन गौतमले जानकारी दिए ।
प्रधान मन्त्री केपी शर्मा ओली महोत्सव उद्घाटन गर्न नआउने भए पछि मुख्यमन्त्री राईलाई महोत्सवमा अतिथिको निम्तो दिन गाँउपालिकाका प्रमुख भुवानीप्रसाद लिङ्देन, नेकपा एमाले हिलिहाङका संयोजक भवानी लिङ्देन, नेपाली काँग्रेसका क्षेत्रीय सभापति समरबहादुर अधिकारी, वडा नं। १ का वडाध्यक्ष गोपिकृष्ण भण्डारी, वडा नं। ३ का वडाध्यक्ष मदन गौतम, प्रमुख प्रसासकीय अधिकृत टार्जनकुमार लिम्बू , महोत्सव आयोजक समितिका सचिवालय सदस्य मनी लिङदेन, विशाल योङहाङ, सुवास भटराई लगायत मुख्यमन्त्री तथा प्रदेश मन्त्रिपरिषदको कार्यालय पुगेका थिए ।

Featured Programs
Photo Gallery
RJ Profile

तारा ढुँगाना

प्राविधिक

दिलकुमारी तामाङ

समाचार प्रस्तोता

Message Board
Public Poll

Loading...

Program Archives