Date Tuesday, 2018 May 22
Studio Time 04:20:00 NST
News »
अर्थ/वाणिज्य
प्रथम हिलिहाङ महोत्सव हुने

सिंहलिला समाचार, वैशाख ४,
पाँचथरको हिलिहाङ गाउपालिकामा बैशाख २४ देखि२८ गते सम्म ५ दिन सम्म प्रथम हिलिहाङ महोत्सव सञ्चालन हुने भएको छ । हिलिहाङ गाउपालिकामा रहेका ऐतीहासिक–पुरातात्विक हिलिहाङ दरबारसँगै गाँउपालिकामा रहेका अन्य धार्मिक ऐतीहासिक स्थलहरुलाई पर्यटन क्षेत्रमा विकास गर्न हिलिहाङ गाउपालिका–४ मा अवस्थित हिलिहाङ दरबार परिसरमा महोत्सव आयोजना हुनेछ । महोत्सवको आयोजना तथा संयोजन हिलिहाङ गाउपालिकाले गर्न लागेको हो ।
गाउपालिकाले मँगलबार सदरमुकाम फिदिममा पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सव सञ्चालन हुने जानकारि गराएको हो । पाँच दिन सम्म चल्ने महोत्सवमा हिलिहाङ दरबार क्षेत्रलाई ऐतीहासिक–पुरातात्विक अध्ययन केन्द्रको रुपमा विकास गर्ने महोत्सवको मुख्य उदेश्य रहेको गाउँपालिका अध्यक्ष भुवानी प्रसाद लिङदेनले जानकारी दिनुभयो ।
महोत्सवमा ५० लाख अनुमानित खर्च हुनेछ । जस्का लागि गाउपालिकाबाट १० लाख रुपैँया विनियोजन गरिएको र ४० लाख रुपैँया अन्य स्रोतबाट संकलन गरिने आयोजकले जनाएको छ ।
महोत्सवमा गाउपालिकामा अवस्थित पर्यटककिय स्थलहरुमा पदयात्रा, प्रथम हिलिहाङ  खुल्ला भलिबल प्रतियोगिता, हिलिहाङ दरबारको ऐतीहासिकता र वर्तमान अवस्थाबारे छलफल, हिलिहाङ दरबार क्षेत्रका तत्कालिन राजा हिलिहाङको शालिक अनावरण, जोरपोखरि, आगेजुङ,  गोपेटार, भोटे गढी, हिलिहाङ पदयात्रा साथै राष्ट्रिय तथा  स्थानिय कलाकारहरुको मनोरञ्जनात्मक साँगितीक प्रस्तुती समेत हुने भएको छ ।
महोत्सवलाई १० हजार जना आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गर्ने अपेक्षा गरिएको छ भने १० लाखको कारोवार हुने अनुमान गरिएको प्रमुख प्रशासकिय अधिकृत टार्जन लिम्बुले पत्रकार सम्मेलनमा जानकारी दिनु भएको छ ।

Featured Programs
Photo Gallery
RJ Profile

तारा ढुँगाना

प्राविधिक

दिलकुमारी तामाङ

समाचार प्रस्तोता

Message Board
Public Poll

Loading...

Program Archives