Date Tuesday, 2018 May 22
Studio Time 04:20:00 NST
News »
राजनीति
बानको अध्यक्षमा चन्द्र न्यौपाने

सिंहलिला समाचार २६ चैत्र
काठमाडौं । निजी रेडियो सञ्चालकको छाता संगठन ब्रोडकाष्टर्स एशोसिएसन अफ नेपाल  (बान) को अध्यक्षमा चन्द्र न्यौपाने निर्वाचित भएका छन् । काठमाडौंमा भएको अधिवेशनले सप्तकोशी एफएम इटहरीका प्रबन्ध निर्देशक न्यौपानेलाई बानको अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । उपाध्यक्षमा कुमार भट्टराई, महासचिवमा दुर्गा अधिकारी, उप–महासचिवमा गोविन्द कुशियारी सचिवमा राजकुमार थापा र कोषाध्यक्षमा नविन राई सर्वसम्मत चयन भएका छन् ।

प्रदेश नम्बर १ को संयोजकमा सन्देशदास श्रेष्ठ र उप–संयोजकमा गिरीराज भट्टरार्ई ,प्रदेश नम्बर २ को संयोजकमा आरसी यादव ३ को संयोजक विपिन ढुंगाना, प्रदेश नम्बर ४ को संयोजक किरण लोहनी, प्रदेश ५ को संयोजक माधव नेपाल सर्वसम्मत चयन भएका हुन् ।प्रदेश नम्बर ७ को संयोजकमा भने ज्ञानेन्द्र महतारा विजयी भएका छन् । उनले १४ मत प्राप्त गरे । सबै पदमा सर्वसम्मत भए पनि प्रदेश नम्बर ७ को संयोजकका लागि चुनाव भएको थियो ।  प्रदेश नम्बर ६ मा भने सदस्य रेडियो  नभएकाले कमिटि चयन हुन भने सकेन ।

Featured Programs
Photo Gallery
RJ Profile

दिलकुमारी तामाङ

समाचार प्रस्तोता

युबेन जबेगु

कार्यक्रम संयोजक

Message Board
Public Poll

Loading...

Program Archives