Date Tuesday, 2018 May 22
Studio Time 04:20:00 NST
News »
देश
उपभोक्ता आफैंले बनाए सडकको नाली

सिंहलिला समाचार २४ चैत्र
पाँचथर, हिलिहाङ गाउपालिका वडा नं। ३ को देउराली तुम्बुङ साम्रे हुदै डाडे जाने मोटरबाटो स्थानिय उपभोक्ताहको उपस्थितिमा श्रमदान गरी करिब
साँढे दूप्ई किलोमिटर कच्चि नाली निर्माण कार्य सम्पन्न भएको छ ।
हिलिहाङ गाउपालिका अध्यक्ष भुवानी प्रसाद लिङदेले उदघाटन गर्नु भएको सो मोटरबाटोक लागत एकलाख पचास हजार बराबरको काम स्वत स्फुत उपभोत्ताहरुले गरेका छन् । अहिले स्थानिय उपभोक्ताहरुले मेसीन लगाउने र उपभोक्ताले गर्नु पर्ने काम समेत नगर्ने बानी परिरहेका बेला यसरी उपभोक्ताहरु बाटै सहभागिता जनाएर बाटाको नाली निमार्ण गरेको  हिलिहाङ गाउ पालिका वडा नं। तिनका वडा अध्यक्ष मदन गौतमले बताउनु भयो । उहाँका अनुसार २ सय हाराहारिमा उपस्थितिरहेका उपभोत्ताले सो बाटो को नाली निमार्ण गरेका हुन । उपभोक्ता आफैले हातमा ठेला उठाएर बाटो निमार्ण गर्दा बाटोमा अपन्नोत्व हुने भएकाले समेत सडकको मर्मत सम्भार हुने आशा रहेको बताउनु भएको छ ।
सबै उपभोक्ता समितिहरुले कुल लागतको २० प्रतिशत सहभागीता रहनु पर्ने ब्यवस्था भए पनि अहिले उपभोक्ता समितिहरुले आफ्नो सहभागिता कमै मात्र रहने गरेको छ । हिलिहाङ ३ मा वडा अध्यक्ष मदन गौतमको पहलमा सो नाली निर्माण सम्पन्न भएको हो । अन्य क्षेत्रमा समेत यसरी उपभोक्ताहरुले श्रम लगानी  गरमा विकासको स्थायित्व हुने बताउनु हुन्छ गाउपालिका अध्यक्ष भुवानी प्रसाद लिङदेन ।
 

Featured Programs
Photo Gallery
RJ Profile

तुलसी क्षितिज

दिलकुमारी तामाङ

समाचार प्रस्तोता

Message Board
Public Poll

Loading...

Program Archives