Date Tuesday, 2018 May 22
Studio Time 04:20:00 NST
News »
साहित्य
साहित्यिक, साँस्कृतिक गोष्ठि सुरु

सिंहलिला समचार,चैत्र २४,
पाँचथर र इलाम जिल्लाको सिमावर्ती पर्यटकीय राँके बजारमा शुत्रबार देखि साविक मेची अञ्चल स्तरीय साहित्यिक र साँगीतिक गोष्ठि सुरु भएको छ । पाँचथरको फाल्गुनन्द गाउँपालिका र इलामको देउमाइ नगरपालिकाको सहयोगमा नौलो साहित्यिक बिहान प्रतिष्ठान पाँचथरले गोष्ठीको आयोजना गरेको हो ।
गोष्ठिमा साहित्यकार प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईले प्रमुख अतिथिको आसनबाट उद्घाटन भएको कार्यक्रम लेखक तथा कवि राजन मुकारुङ, रविमान लम्जेल लगायत प्रतिष्ठित लेखक कवि कलाकारहरुको उपस्थिति रहेको छ। संगोष्ठिको पहिला दिन शुक्रबार समालोचक मुनाराज शेर्माले मेची अञ्चलको समकालीन कविता र साहित्यकार देबेन्द्र सक्तेनले पर्यावरणीय लेखनबारे कार्यपत्र प्रस्तुत गर्नुभयो ।
जातजातिका झाँकी सहितको ¥यालीले राँकेबजार परिक्रमा गरिएको शुरु भएको कार्यक्रममा लिम्बू साहित्यको बिकासमा विशिष्ठ योगदान पु¥याएको भन्दै याक्थुङ प्रज्ञा प्रतिष्ठान र पाँचथरका लेखक गुरुङ रामप्रकाश समथिङलाई सम्मान समेत गरिएको थियो ।
संगोष्ठिको अन्तिम दिन शनिबार बिहान पाँचथरको धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थल सिलौटी, साधुटार, सुकेपोखरी लगायतको भ्रमण पछि दिउँसो बहुभाषिक कबिता गोष्ठी हुने आयोजक नौलो साहित्यिक बिहान प्रतिष्ठान पाँचथरका महासचिव प्रेम ओझाले बताउँनुभयो । कार्यक्रममा मेची अञ्चलका करीब एक सय जना लेखक, साहित्यकार र साँगीतिक, साँस्कृतिक अभियन्ताहरुको सहभागिता रहेको छ ।
 

Featured Programs
Photo Gallery
RJ Profile

युबेन जबेगु

कार्यक्रम संयोजक

तारा ढुँगाना

प्राविधिक

Message Board
Public Poll

Loading...

Program Archives