Date Wednesday, 2018 Aug 22
Studio Time 04:20:00 NST
News »
राजनीति
सरकारको कामको खुलेर प्रशंशा गरेर काँग्रेस प्रवक्ता शर्माले

सिंहलिला समाचार २३ चैत्र
काठमाडौं । याताय व्यवसायीको एकाधिकार तोड्न सफल भएकोमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारको प्रशंसा गरेको छ । काठमाडौं बनेपा रुटमा सिन्डिकेट गर्दै आएका ११ वटा यातायात व्यवसायीले आन्दोलन गर्दै सवारी रोकेपछि सरकारले ८ वटा नयाँ कम्पनीले इजाजत दिएको छ । उक्त कार्यको नेपाली कांग्रेसले प्रशंसा गरेको हो ।

मयुर यातायातलाई रुट परिमिट दिएको भन्दै यातायात व्यवसायीले बुधबार सवारी रोकेर आन्दोलन गरेका थिए । मयुरको रुट परमिट खारेजको माग गर्दै उनीहरुले आन्दोलन गरेपछि यातायात व्यवस्था विभागले बुधबार नै ८ वटा नयाँ यातायात व्यवसायी समितिलाई इजाजत दिएको थियो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यातायातको सिन्डिकेट तोड्न सरकारले गरेको प्रयत्न जायज भएको बताउँदै सरकारको कामको समर्थन गरेका हुन् । सामाजिक सञ्चाज ट्वीटरमा प्रवक्ता शर्माले काठमाडौं(धुलिखेलपछि अब मुलुकभर सरकारले पछिल्लो निर्णय विस्तार हुनुपर्ने बताएका हुन्। उनले लेखेका छन्,’लोकतन्त्र र प्रतिस्पर्धात्मक अर्थ व्यवस्थामा राज्य वा नीजि क्षेत्र कसैले पनि निषेधको व्यवहार कसैप्रति गर्ने कुरा ग्राह्य हुनुहुन्न।’

-
Coming Up Next
-
Find Us on Facebook
Featured Programs
Photo Gallery
RJ Profile

विपुल अधिकारी, समाचार सम्पादक

तारा ढुँगाना

प्राविधिक

Message Board
Public Poll

Loading...

Program Archives