Date Tuesday, 2018 May 22
Studio Time 04:20:00 NST
News »
देश
च्याङ्थापु प्रहरी चौकी भवनको उद्घाटन


सिंहलिला समाचार, २२ चैत पाँचथर
च्याङ्थापू प्रहरी चौकीको नव निर्मित भवन बुधवार एक कार्यक्रमका बीच बरिष्ठ प्रहरी उपरिक्षक पिताम्बर अधिकारीले उद्घाटन गर्नु भएको छ ।
सिमा प्रहरी चौकी समेत भएको पाँचकोठे भवन, किचन र हावा घर समेत निर्माण गरिएको छ । सो भवनमा प्रहरी चौकीको प्रशासनिक कार्यालय, आवास र थुनुवा कोठाको व्यवस्था गरेको छ । लामो समय देखि भाडामा संचालन भईरहेको चौकीलाई सिमा प्रहरी क बर्गको ठानाका रुपमा विकास गरिनु पर्ने स्थानीयको माग रहेको छ । कार्यालय भवन निर्माणका लागि स्थानियले १० लाख ७५ हजार ४ सय ३४ प्रहरी कार्यालयको १३ लाख २३ हजार र गाउपालिकाको ५ लाख सहित ३३ लाखमा सो भवन निर्माण भएको भवन निमार्ण उपभोक्ता समितिका अध्यक्ष मोहनकुमार ढुंगेलले बताउनु भएको छ ।
नव निर्मित भवनको उदघाटन गर्दै बरिष्ठ प्रहरी उपरिक्षक अधिकारीले प्रहरी कार्यालय बनाउनका निम्ती सम्पुर्ण महानुभानहरु जसरी लाग्नुभएको छ त्यसरी नै प्रहरीले पनि सेवा प्रदान गर्न निर्देशन दिनुभएको छ । क बर्गको सिमा प्रहरी ठानाका रुपमा विकास गर्नका लागि आफुले सक्दो पहल गर्ने समेत बताउनु भएको छ । अधिकारीले प्रहरीले साझा ढंग  सेवा प्रदान गर्नु पर्छ जनताका असल साथीका रुपका काम गर्नु पर्ने र सबैको पहुँचमा पुग्नु पर्ने बताउनु भयो । कार्यक्रममा जग्गा दाता चन्दा दातालाई सम्मान तथा प्रसंसा पत्र प्रदान गरिएको थियो । जिल्ला समन्वय समितिका सदस्य नरबहादुर गुरुङ, जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक बामदेव गौतम लगायतले आआफ्नो मन्तव्य राख्नु भएको थियो । कार्यक्रम निर्माण उपभोक्ता समितिका अध्यक्ष एवं याङवरक १ का वडा अध्यक्ष मोहनकुमार ढुंगेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
 

Featured Programs
Photo Gallery
RJ Profile

तारा ढुँगाना

प्राविधिक

दिलकुमारी तामाङ

समाचार प्रस्तोता

Message Board
Public Poll

Loading...

Program Archives