Date Tuesday, 2018 May 22
Studio Time 04:20:00 NST
News »
देश
थाम्सुहाङ परिवार द्धारा जीविकोपार्जनका लागि प्यारालाईसिस पीडितलाई सहयोग


सिहलिला समाचार १९ चैत्र
थाम्सुहाङ सेवा समाज युके र हङ्कङले आज फालेलुङ गाउपालिका वडा नंं १ का तिन जना प्यारालाईसिस पीडितहरुलाई जीविकोपार्जनका लागि आर्थिक सहयोग गरेका छन् ।
लामो समय देखि प्यारालाइसिसका विरामी पूर्णबहादुर थाम्सुहाङ र उनकी श्रीमती गंगामाया थाम्सुहाङ र सोही वडाका मनकुमारी थाम्सुहाङलाई जनही ५० हजारका दरले जिवीकोपार्जनका लागि थाम्सुहाङ सेवा समाज युकेले ६७ हजार र थाम्सुहाङ सेवा समाज हङकङले ८७ हजार ४ सय ७० रुपैया उठाएर आज होटल सरगममा पिडीत परिवारका आफन्तहरुलाई जिम्मा लगाएको हो ।पूर्ण बहादुर र गंगा माया थाम्सुहाङ लाई चुडा कर्ण थाम्सुहाङ र जइन्द्र विक्रम थाम्सुहाङ ले जनहि ५० हजारका दरले एकलाख रुपैया पिडितका  छोरा राजकुमार थाम्सुहाङलाई प्रदान  गर्नु भएको थियो । भने मनकुमारी थाम्सुहाङलाई उनका संरक्षक श्री प्रसाद थाम्सुहाङलाई रु ५० हजार उत्तम थाम्सुहाङले प्रदान गर्नु भएको थियो ।
केही समय अगाडी एक  मिडियाले सोही समाचार प्रकाशन गरे पछि फिदिम १ का महेन्द्र बिक्रम थाम्सुहाङले रिर्पोटिङ गरे पछि सो सहयोग गरेको जइन्द्र विक्रम थाम्सुहाङले संचारकर्मीहरु संग बताउनु भएको छ ।

Featured Programs
Photo Gallery
RJ Profile

तुलसी क्षितिज

दिलकुमारी तामाङ

समाचार प्रस्तोता

Message Board
Public Poll

Loading...

Program Archives