Date Tuesday, 2018 May 22
Studio Time 04:20:00 NST
News »
देश
जिसस संयोजकलाई रातो पासपोर्ट, गाउँँपालिका अध्यक्षलार्इ विशेष राहदानी

सिंहलिला समाचार
१२ चैत, काठमाडौं । जिल्ला समन्वय समितिका संयोजकले पनि कूटनीतिक राहदानी प्रयोग गर्न पाउने भएका छन् ।
तर, गाउँपालिका अध्यक्षलाई विशेष राहदानी पाउनेछन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कूटनीतिक राहदानी प्रयोग गर्न पाउनेहरुको सूची संशोधन गरेको हो ।
प्रदेशमन्त्री, सांसदसँगै जिल्ला समन्वय समितिका संयोजकसम्मले कूटनीतिक राहदानी अर्थात रातो पासपोर्ट पाउनेछन् ।
गाउँपालिका अध्यक्षहरुले विशेष राहदानी प्रयोग गर्न पाउने निर्णय भएको सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।
बैठकले रक्षाको प्रस्तावमा १३ महासेनानीको म्याद २ वर्ष थप गरेको छ । साथै १२ चुनावको समयमा भएका बम विस्फोटका घाइतेहरुको उपचार खर्च व्यहोर्ने निर्णय पनि भएको छ ।

स्थानीय प्रशासनले दिएको मुचुल्का र अस्पतालको विल भर्पाईका आधारमा आर्थिक सहायत दिइनेछ ।
अनलाइनखबरबाट
 

Featured Programs
Photo Gallery
RJ Profile

तारा ढुँगाना

प्राविधिक

तुलसी क्षितिज

Message Board
Public Poll

Loading...

Program Archives