Date Tuesday, 2018 May 22
Studio Time 04:20:00 NST
News »
घटना - दुर्घटना
हिलिहाङमा ट्रक दुर्घटना एकको ज्यान गयो एक घाइते

सिहलिला समाचार, पाँचथर 11
 हिलिहाङ गाँउ पालिकाको समेवा एकचेपा सडक खण्डको सिमर्खकमा  मिनीट्रक दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । भने चाएकजना गम्भिर घाइते भएका छन ।
 हेँवाखोला ग्रामिण विद्युतीकरण परियोजनाको लागि विजुलीको तार लिएर सिमर्खक तर्फ जाँदै गरेको बा २ क ६६८३ नम्बरको मिनि ट्रक हिलिहाङ ७ को सिमखर्क भन्ने स्थानमा  बिहान १० चालिसमा  सडकबाट ८ सय मिटर तल खसेको थियो ।
दुर्घटनामा महोत्तरी जिल्ला बर्दिवास नगरपालिका ३ घर भएका ४० वर्षीय सह चालक उमेश सिंहको घट्ना स्थलमै मृत्यु भएको छ । ट्रकका चालक  बर्दिबास ४ कै २४ बर्षीय शिव महरा गम्भिर घाइते भएका छन । घाइतेलाई उद्धार गरी उपचारार्थ पाँचथर अस्पतालमा उपचार भइरहेको  जिल्ला प्रहरी कार्यालय पाँचथरका सुचना अधिकारी बिज्ञान बस्नेतले जानकारी दिनुभयो ।

कच्ची सडकमा ओभरलोड रहेको ट्रकको भार थाम्न नसक्दा दुर्घट्ना भएको हुनसक्ने प्रहरीले जनाएको छ । पछिल्लो ३ दिन दुर्घटनाका श्रृंखलाहरु दिनहु भई रहेको छन् । दुघटनामा परि ३ जनाले ज्यान गुमाएका छन् भने २ घाइते अवस्थामा उपचार गरिरहेका छन् ।

Featured Programs
Photo Gallery
RJ Profile

तुलसी क्षितिज

दिलकुमारी तामाङ

समाचार प्रस्तोता

Message Board
Public Poll

Loading...

Program Archives