Date Wednesday, 2018 Aug 22
Studio Time 04:20:00 NST
News »
राजनीति
तमोर जलासययुक्त आयोजना सरकारको नेतृत्वमा बन्नु पर्छः सांसद

सिंहलिला समाचार १ चैत्र । पाँचथर
तमोर जलाशय युक्त आयोजना नेपाल सरकारको लगानीमा निर्माण गर्नु  पर्ने प्रभावित जिल्लाका संसदहरुले धारणा राख्नु भएकोछ । प्रदेश नं. १ को मात्रै नभएर नेपालको गौरवको आयोजना भएकाले सरकारकै नेतृत्वमा लगानी जुटाउनु पर्ने बोल्ने अधिकांस सांसदहरुले तमोर जलासय युक्त आयोजनाबाट जति सक्दो बढी बिद्युत उत्पादन गर्ने गरि आयोजनाको स्टिमेट गरिनु पर्ने धारणा राखेका थियो ।
प्रदेश नं. १ का प्रदेश सभा तथा प्रतिनिधि सभाका सांसदहरु विभिन्न सरोकार वालासंघ संस्थाका प्रतिनिधिहरुको भेलाले सो धारणा बनाएको पाँचथरका प्रतिनिधि सभाका सांसद बसन्तकुमार नेम्बाङले बताउनुभयो । सांसद नेम्बाङले मुलुकको समृद्धिका लागि समेत यो आयोजना कोशेढुंगा सावित हुने भएकाले जति सक्दो चाडो प्रकृया प्रारम्भ गर्नु पर्ने बताउनु भएको छ । कार्यक्रममा प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो, प्रतिनिधि सभाका साँसद बिजय सुब्वा, भवानी खापुङ लगायतको तिन दर्जन बढी साँसदहरुका  उपस्थिति रहेको थियो कार्यक्रम ताप्लेजुङबाट प्रतिनिधि सभामा निर्वाचित सांसद एवं नेकपा एमालेका सचिव योगेश भट्टराई अध्यक्षतामा सम्पन्न कार्यक्रमको तमोर जलासय युक्त आयोजनाबारे पाँचथरबाट निर्वाचित साँसद बसन्तकुमार नेम्बाङले प्रष्ट्याउनु भएको थियो ।
नीति निमार्ण तहमा नै तमोर जलासय युक्त आयोजना निर्माण बारे छलफल हुदै आए पनि जननिर्वाचित  नीति निमार्ण तहको यो नै पहिलो बैठक हो
 

-
Coming Up Next
-
Find Us on Facebook
Featured Programs
Photo Gallery
RJ Profile

तुलसी क्षितिज

दिलकुमारी तामाङ

समाचार प्रस्तोता

Message Board
Public Poll

Loading...

Program Archives