Date Monday, 2018 Apr 23
Studio Time 04:20:00 NST
News »
राजनीति
बिश्व उपभोक्ता दिवसमा निर्देशनै निर्देशन सिडियोले भने अनुगमन गर, मेयरले भने पत्रकार भाईहरु कागका पछि नदौड

सिंहलिला समाचार, १ चैत्र पाँचथर,
बिश्व उपभोक्ता अधिकार दिवसको अवसरमा सबै हामी उपभोक्ता पनि हौ मानव स्वास्थ्यलाई असर नगर्ने गरी हाम्रा उत्पादन तथा वितरणहरुलाई जोड दिन् सरोकारवालाहरुले सुझाव दिएका थिए ।

बिश्व उपभोक्ता अधिकार दिवसको अवसरमा फिदिम नगरपालिकाका मेयर ओनाहाङ नेम्बाङले नबुझिकन कागको पछि नलाग्न संचारकर्मीलाई निर्देशन दिए भने प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बिषय गत कायालयले आफ्नो क्षेत्र अनुसारका अनुगमनमा जोड दिनुभएको थियो ।
मेयरले भने कागको पछि नडौडनु पत्रकार भाईहरु
 फिदिम नगरपालिकाका मेयर ओनाहाङ नेम्बाङले विश्व उपभोक्ता दिवसको अवसरमा उठेका सवालहरुको उत्तर दिनु पर्नेमा उल्टै संचार कर्मिहरुलाई कागको पछि नलाग्न सुझाव दिनुभएको छ । उहाले नेपाल पत्रकार महासंघका सचिव तुलसी क्षितिजले कालो पत्रे सडक र कचि सडकहरुको भाडा दर अनुसार उपभोक्ताहरुले सेवा नपाएको र फिदिम १ शिक्षा कार्यालय संगै रहेका अव्यवस्थित
फेसहाउसहरुलाई व्यवस्थित गर्नु नगरपालिकाले ब्यवस्थित गर्ने जिम्मा होला नी भन्ने जिज्ञासाको उत्तरमा मेयर नेम्बाङले भन्नु भयो आज सम्म हाम्रोमा उजुर (निवेदन) नै आएको छैन । गाडीको सवालमा कुन गाडीले भाडादरमा बोकेन निवेदन दिनु । कागको पछाडी पत्रकार भाइहरु नहिड्नु भन्र्दै संचारकर्मीहरुलाई निर्देशन दिनु भयो ।

सिडियोको निर्देशन बिषयगत कार्यालयले अनुगमन गरौं
फिदिममा संचालित अधिकांस माससुपसल मापडण्ड बिपरित मानव स्वास्थ्यमा प्रतिकुल हुने गरि संचालनमा, बजारमा संचालित मिठाइ पसलहरु समेत अव्यवस्थित रहेको, अखाद्य केमिकलहरु समेत लगाएर खाद्यय परिकारहरु बजारमा बिक्रिबितरणमा रहेको समेत विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा उपभोक्ताहरुले गुनासो गरे पछि प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले सबै बिषय गत कार्यालयहरुलाई उत्पादन तथा बितरणमा हुने मिसावट तथा मानव स्वास्थ्यमा प्रतिकुल असरपार्ने केमिकलहरुको प्रयोगमा रोक लगाउन बिषय गत कार्यालयहरुलाई निर्देशन दिनु भएको थियो । संचार बिज्ञापन गर्दा भ्रामक उपभोक्ताहरुलाई भ्रममा पार्ने खालका बिज्ञपन गर्न समेत नगर्न सुझाव दिनु भएको थियो ।

उपभोक्ताहरुको अधिकार र कानुनी व्यवस्था कार्यपत्र  गुरुदत्त सुवेदीद्धारा प्रस्तुत
बिश्व उपभोक्ता दिवसको अवसरमा सहभागिहरुले मानव स्वास्थ्यमा प्रतिकुल हुने उत्पादन तथा वितरणमा बन्देज गर्नु पर्नेमा जोड दिएका थिए ।
    उपभोक्तालाई ध्यान नदिकन उत्पादन गरिने कृषी उत्पादनहरुले मानव स्वास्थ्यमा प्रतिकुल असर पारेको र त्यस्ता उत्पादनहरुमा बिषयगत कार्यालयहरुले ध्यान दिनु पर्ने कार्यक्रमका सहभागिहरुले जोड दिएका थिए । मासु जन्य उत्पादनमा समेत बिभिन्न प्रकारका केमिकलहरु प्रयोग गर्ने गरेकाले मानव स्वास्थ्य दिन प्रतिदिन अप्ढारो परिस्थितिमा पुगेको कार्यक्रमका सहभागीहरुले दुखेसो पोखेका थिए । कार्यक्रममा फिदिम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गुरुदत्त सुवेदीले नेपालमा उपभोक्ताहरुको अधिकार र कानुनी व्यवस्था सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । सो कार्य पत्र माथी पत्रकार महासंघ सचिव तुलसी क्षितिज, सुआरा कार्यक्रम संयोजक भरत शर्मा र नरेन्द्र दुलालले सुझाव र जिज्ञासाहरु राख्नु भएको थियो । कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख बिष्णु प्रसाद साप्कोटा, प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारी, पाँचथर उद्योग बाणिज्य संघ अध्यक्ष मित्रप्रसाद काफले, नेपाल पत्रकार महासंध उपाध्यक्ष सरला रेग्मीले आआफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रमको औचित्य तथा स्वागत मन्तव्य गिरीराज ज्ञावलीले राख्नु भएको थियो । कार्यक्रम फिदिम नगरपालिकाका मेयर ओनाहाङ नेम्बाङको अध्यक्षामा र जिल्ला समन्वय समिति पाँचथरका दुर्गा तिम्सिनाले संचालन गर्नु भएको थियो ।
 

Featured Programs
Photo Gallery
RJ Profile

सुजता चेम्जोङ

कार्यक्रम प्रस्तोता

सुनिता खजुम

कार्यक्रम प्रस्तोता

Message Board
Public Poll

Loading...

Program Archives